१६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाका दुवै संसदबाट पारित

काठमाडौं । १६ वर्ष मुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नियम अस्ट्रेलियाको संसदबाट पारित भएको छ । फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगमा १६ वर्ष मुनिकालाई प्रतिबन्ध लगाउने विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पनि पारित भएको हो ।

संसदबाट पारित भएकाले अब यसले कानूनको रुप लिने निश्चित भएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा एक वर्ष लाग्ने अनुमान छ ।

अब सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।

ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ । यो कानुनलाई संसारमा सबैभन्दा कडामध्ये एक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search