झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरको पाचौँ नगर अधिवेशन राजकुमार राईको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष माननिय राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपाका सहायक महामन्त्री भारतेन्दुकुमार मल्लिक केन्द्रीय सदस्यहरु अञ्जार आलम,डि वि थापा , प्रदेश सभा सदस्य माननीय निमसरी राजवंशी, राप्रपा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सचिव अविशेक ढुंगाना, कुमार थापा, पूर्व प्रहरी संगठनका अध्यक्ष अम्विका पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन लगायत जिल्ला सदस्य हरू ,प्रदेश, क्षेत्र लगायत पार्टीका विभिन्न तह र तप्काका रहेका नेता तथा कार्यकर्ताहरुको उल्लेखिय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले देशलाई विकास गर्ने एकमात्र वैकल्पिक पार्टी राप्रपा भएको भन्दै नवनिर्वाचित कार्यसमितिलाई इमान्दार भएर देश र जनताको पक्षमा प्रभावकारी तरिकाले नेतृत्व गर्न शुभकामना दिएका थिए।
कांग्रेस, एमाले र नयाँ भनेका पार्टीहरू भष्ट्राचारमा लिप्त भएकाले देश सधै पछि परेको भन्दै उनले यि पार्टीहरूले जति वर्ष नेतृत्व गरेपनि कुनै परिवर्तन नहुने जिकिर गरेका थिए।
प्रशस्त मात्रामा बिधुत उत्पादन र व्यापार गर्न सक्ने सम्भावना हुदाँ पनि त्यता तिर ध्यान नदिएर सरकारले अर्थतन्त्र कमजोर बनाएको बताएका थिए।
कार्यक्रममा पार्टीका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी करिब ८० जनाले राप्रपा प्रवेश गरेका थिए।
भद्रपुर नगर संयोजक सिता लम्साल को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव पोखरेलले गरेका थिए।