झापा। हल्दिबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गर्न सुरू गरिएको शिविरमा आज दोस्रो दिन वडा नं ३ मा ९९ जनाले सेवा लिएका छन्।
प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा आँखा सम्बन्धी २५ जना ,नाक कान र घाटी सम्बन्धि २४ जना ,फिजियो थेरापीका ३३ जना र मानसिक अपांगता भएका २७ जनाले सेवा लिएका थिए।
कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, ३ नं वडाका वडा अध्यक्ष बिष्णुप्रसाद ओली, वडा सदस्यहरु अजित बिष्ट , कर्णबहादुर भण्डारी , बिष्णुमाया तिम्सिना ढुङ्गेल योजना शाखा प्रमुख राजन न्यौपाने, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा,करूणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला लगायतको उपस्थित रहेको थियो।
शिविर २२ गते २ नं वडा, २३ गते १ नं वडा र २४ गते ५ नं वडामा सञ्चालन हुनेछ।