हल्दिबारी वडा नं १ मा अपाङ्गता पहिचान शिविर,१२९ जनाले लिए सेवा,२४ नयाँ कार्ड वितरण

झापा। अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर संचालन गरीरहेको हल्दिबारी गाउँपालिकाले आज चौथो दिन वडा नं १ मा शिविर संचालन गरेको छ।
आज वडा नं १ मा ७३ जना पुरुष र ५६ जना महिला गरी १२९ जनाले सेवा लिएका छन्।
स्वास्थ्य परीक्षण पश्चात आज २ जनालाई रातो कार्ड,९ जनालाई निलो,७ जनालाई पहेँलो र ६ जनालाई सेतो गरी २४ वटा ( नयाँ)कार्ड वितरण गरिएको थियो।

प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरी आवश्यकता पहिचान गरेर उपचार तथा परिचयपत्र का लागि सिफारिस गर्ने गरेका छन्।

शिविरमा वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा सदस्यहरू शान्ता शिवाकोटी,रूपा रसाइली,प्रकाश कार्की, कुलबहादुर राई लगायतले सहजीकरण गरेका थिए।
कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,२ नं वडाका वडा अध्यक्ष शुकलाल राजवंशी र वडा नं ५ का वडा अध्यक्ष खडग लावतीको उपस्थिति रहेको थियो।२० गतेबाट सुरु भएको शिविर अन्तिम दिन भोलि मंसिर २४ गते ५ नं वडामा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search