झापा।हल्दीबारी PABSON द्वारा आयोजित पालिका स्तरीय निजी विद्यालय बीच भएको विभिन्न विधाका खेलकुद मध्ये आज ४ वटा खेलकुदको फाइनल भएको छ।
आजको फाइनल खेलमा टेवल टेनिस डबल छात्रा तर्फ सम्सकरा शिक्षा सदन बिजेता बनेको छ भने
चिल्ड्रेन एकाडेमी उपबिजेता बनेको छ।
टेवल टेनिस सिंगल छात्रा तर्फ
सिग्मा इङलिस स्कुल पहिलो र
दोश्रो चिल्ड्रेन एकाडेमी बनेका छन्।
यसैगरी टेवल टेनिस सिंगल छात्र तर्फ पहिलो सनसाईन र
दोश्रो चिल्ड्रेन एकाडेमी
टेवल टेनिस डवल छात्र तर्फ
पहिलो सनसाईन र दोश्रो सिग्मा बनेका हुन्।
यसैगरी आज भएको छात्रा भलिबलमा
पहिलो चिल्ड्रेन एकाडेमी र
दोश्रो सनसाईन इङलिस बोर्डिङ स्कूल बनेका छन्। यसैगरी आजै सम्पन्न क्रीकेटमा क्यानरी एकेडेमी बिजेता रचिल्ड्रेन एकाडेमी उपबिजेता भएका छन् ।आजै भएको
छात्र भलिबल तर्फ चिल्ड्रेन गार्डेन एकाडेमी बिजेता बनेको छ।
हल्दिबारी प्यावसनका अध्यक्ष याम दंगालको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडा नं ४ का वडा सदस्यहरू सुरेन्द्र बाराकोटी,भावना दाहाल, शान्ता विश्वकर्मा, वडा नं १ का वडा सदस्य प्रकास कार्की , जलथल प्रहरी चौकी इन्चार्ज केवी दुलाल लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
बिजेता तथा उपबिजेताहरूलाई प्रमुख अतिथि लिङदेन सहित विशिष्ट व्यक्तित्वहरूले ट्रफी,मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले पढाई सँगै आफुमा भएको क्षमता प्रस्फुटन गरी अझै अघि बढ्न विधार्थीहरुलाई शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन प्यावशन हल्दिबारीका सचिव योगेश कार्कीले गरेका थिए।
बाकीँ रहेको अण्डर १२ र अण्डर १५ फुटबल खेलको फाइनल शुक्रबार हुनेछ।