दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका बीबीसीले जनाएको छ ।
प्रस्तावमा भोलि मतदान हुनेछ । यसपटक भने दक्षिण कोरियाको सत्तारूढ दलले पनि राष्ट्रपति योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको समाचारसंस्था सीएनएनले जनाएको छ ।
अघिल्लो हप्ता महाअभियोगको प्रस्तावमा मतदान हुनुअघि राष्ट्रपतिले मार्सल कानून लागू गरेकोमा माफी मागेपछि सत्तारुढ पीपीपीका सांसदहरू मतदानमा उपस्थित भएनन् । तर राष्ट्रपतिले राजिनामा नदिइ अन्तिमसम्म लड्ने बताएपछि यस पटक सत्तारुढ पीपीपीका सांसदहरुले पनि महाअभियोगको प्रस्तावमा मतदान गर्ने भएका हुन् ।
हिजो टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति योलले सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने बताउनुभएको थियो ।
महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । तीन सय सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी) का एक सय आठ सांसद छन् । विपक्षीका एक सय ९० सांसद छन् ।
कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी
January 11, 2026
गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक
January 10, 2026
रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
January 10, 2026
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
January 10, 2026