दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध फेरि महाअभियोग प्रस्ताव अघि बढेको छ । अघिल्लो हप्ता भएको मतदानमा महाअभियोगबाट जोगिएपछि विपक्षी दलहरुले फेरि संसदमा महाअभियोग प्रस्ताव अघि बढाएका बीबीसीले जनाएको छ ।
प्रस्तावमा भोलि मतदान हुनेछ । यसपटक भने दक्षिण कोरियाको सत्तारूढ दलले पनि राष्ट्रपति योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको समाचारसंस्था सीएनएनले जनाएको छ ।
अघिल्लो हप्ता महाअभियोगको प्रस्तावमा मतदान हुनुअघि राष्ट्रपतिले मार्सल कानून लागू गरेकोमा माफी मागेपछि सत्तारुढ पीपीपीका सांसदहरू मतदानमा उपस्थित भएनन् । तर राष्ट्रपतिले राजिनामा नदिइ अन्तिमसम्म लड्ने बताएपछि यस पटक सत्तारुढ पीपीपीका सांसदहरुले पनि महाअभियोगको प्रस्तावमा मतदान गर्ने भएका हुन् ।
हिजो टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति योलले सैनिक शासन लगाउने आफ्नो निर्णय न्यायोचित भएको र राष्ट्रपति पदबाट राजीनामा नदिने बताउनुभएको थियो ।
महाअभियोग प्रस्ताव दुई तिहाई मतबाट पारित गर्नुपर्छ । तीन सय सदस्यीय कोरियाको संसदमा राष्ट्रपति यूनको सत्तारूढ दल पिपल्स पावर पार्टी (पीपीपी) का एक सय आठ सांसद छन् । विपक्षीका एक सय ९० सांसद छन् ।
झापा औधोगिक ,पर्यटन तथा कृषि महोत्सवको तयारी अन्तिम चरणमा
January 20, 2026
प्रतिनिधि सभा निर्वाचन आउन ४५ दिन बाँकी, आजदेखि आचारसंहिता लागू
January 19, 2026
राप्रपाले टुंग्यायो झापाका ५ वटै क्षेत्रका उम्मेदवार
January 18, 2026
झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बने एमाले अध्यक्ष ओली
January 17, 2026
मोटरसाइकल दुर्घटनामा भद्रपुरका निरौलाको मृत्यु
January 17, 2026