बिर्तामोड १० जर्मन डाडा मा आज भब्यताको साथ चासोक तङ्नाम २०८१ कार्यक्रम मनाएका छन ।

उत्त कार्यक्रममा किरात समुदायका बिर्तामोड १० भित्र बसोबास गर्ने सम्पुर्ण किरात याक्थुम चुम्लुङ जाती हरुको उपस्थिती रहेको थियो।
चासोक ताङनाम लिम्बु समुदायको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो, जसलाई नयाँ अन्नको उत्सवका रूपमा मनाइन्छ। यो पर्व लिम्बु समुदायमा नयाँ बाली (धान, कोदो, मकै आदि) भित्र्याएपछि धन्यवाद दिने र प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले मनाइन्छ।

किरात याक्थुम चुम्लुङ बिर्तामोडका अध्यक्ष चाम बाहादुर लिम्बुका अनुसार, चासोक ताङनाम मुख्य रूपमा लिम्बु समुदायको परम्परागत धर्म युमासाम्पासँग सम्बन्धित छ। यसमा पुरखा (माङ) र प्रकृतिका विभिन्न देवताहरूलाई नयाँ अन्न चढाएर आशिष मागिन्छ” र यस पर्वले समुदायमा एकता, परम्परा, र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँने कुरा पनि अध्यक्ष चाम बहादुर लिम्बुले जानकारी दिनु भयो ।

चासोक ताङनामको अवसरमा आज उत्त क्रार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान, भजन, परम्परागत खानाको आदानप्रदान, र पूजाआजा र खेलहरुकोआयोजना गरि मनाईएको थियो । यो पर्व लिम्बु जातिको सांस्कृतिक सम्पदा हो, जुन विशेष गरी नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने लिम्बुहरूले मनाउँने गरेकाछन ।









