हल्दिबारी प्याबसन अन्तर्गतको फाईनल खेलमा समस्कारा सङ्ग निउ स्टार ३-० ले पराजित ।

हल्दिबारी | हल्दिवारि प्याबसन खेलकुद समिती द्वारा संचालित अन्डर फिफ्टिनको आज भएको खेलमा समस्कारा शिक्षा सदनका विधार्थी खेलाडी हरुले फाईनल ट्रफी आफ्नो हात पार्न सफल भएका छन ।

निउ स्टार इग्लिश स्कुल सङ्ग भएको उत्त खेलको निर्धारित समय २५ मिनेट को रहेको थियो । खेलको पहिलो हाल्फ अघि समस्कारा शिक्षा सदनको तर्फ बाट छात्र बिमल अधिकारी द्वारा २ गोल गरि आफ्नो टिमलाइ अग्रता दिलाएका थिए भने खेलको हाल्फ टाइम पश्चात् सोही छात्र खेलाडी बिमल अधिकारीले पुन एक गोल गरि निर्णायक गोल ( ह्याट्रीक) गर्न पुगेका थिए ।

त्यसै गरि अन्डर ट्वेल्भ (12) अन्तर्गत को दोश्रो खेलमा जसोदा अङ्ग्रेजि विधालय र कृष्ण सागर अङ्ग्रेजी बिधालयको छात्र बिच भएको खेल बराबरीमा सकिएको थियो ।

निर्धारित समय सम्म पनि दुबै पक्षबाट गोल हुन नसकेपछि पेनेल्टी मार्फत जदोसा अङ्ग्रेजी विधालयका छात्र हरु द्वारा कृष्ण सागर अङ्ग्रेजी विधालय सङ्ग जित हासिल गरेको थियो ।

हल्दिबारी ४ स्थित बडाबारीको सुन्दर खेल मैदानमा भएको उत्त खेल निकै नै रोमान्चक रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search