झापा ।श्री गरमकाली आधारभूत विधालय हल्दिबारी वडा नं १ को ३७ औँ वार्षिकोत्सव तथा अविभावक दिवस आज विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद छविलाल चुडालको प्रमुख आतिथ्यता रहेको थियो।हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, शिक्षा शाखा प्रमुख जनककुमारी राई,वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा , पूर्व प्र अ होमनाथ दाहाल लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधिहरू, शिक्षक अविभावक लगायत विधार्थीहरूको उपस्थिति रहेको थियो।
विधालयले हरेक गतिविधिमा उत्कृष्टता प्रस्तुत गर्दै गएकाले यसैवर्ष कार्य सम्पादन गर्ने गरी कार्य सम्पादनमा आधारित ६ लाख ५० हजारको पुस्तकालय व्यवस्थापन योजना प्राप्त भएको र कोशी प्रदेश सरकारबाट कक्षाकोठा व्यवस्थापनमा १५ लाख रूपैयाँ प्राप्त भएको विधालयका प्रअ ले वार्षिक प्रतिवेदनमा प्रस्तुत गरेका थिए।
विधालयमा ३ सय ४२ जना विधार्थी अध्ययनरत रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुडालले विधालयको शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि प्रदेश सरकारबाट गर्न सकिने सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्वता जनाएका थिए।
यसैगरी विशेष अतिथि लिङदेनले स्थानिय सरकारका तर्फबाट विधालय र विधार्थीहरूका शैक्षिक गतिविधि सुधार्न गर्न हरबखत प्रयास गरिरहेको बताए ।
कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विधार्थीहरूलाई अक्षयकोष दाता जिवन न्यौपानेले पुरस्कार वितरण गरेका थिए भने विधार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।कार्यक्रम संचालन शिक्षक बडाराम हेमरमले गरेका थिए।