झापा।हल्दिबारी-२ झापामा अवस्थित श्री नव सृजना प्राथमिक विद्यालयका पुर्व विद्यार्थी अश्विन प्रसाद उप्रेती द्वारा आफ्नी आमाको ७४ औँ शुभजन्मदिनका अवसरमा आफुले शिक्षा प्रारम्भ गरेको विद्यालयमा आफुलाई जन्मदिने बुबा आमा श्री नरपति( रामप्रसाद )+ द्रौपदा उप्रेती छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्।
बुवाआमाको नाममा रु ५१ हजार ५ सय पचपन्न रुपैयाँको अक्षयकोष स्थापना गरि विद्यालयलाई अक्षयकोष बापतको रकम हस्तान्तरण गरेका छन्।
कार्यक्रमको अवसरमा दाताको तर्फबाट पुर्व विद्यार्थी श्री अश्विन प्रसाद उप्रेतीले अक्षयकोष स्थापना गर्नुको औचित्यका बारेमा प्रष्ट पारेका छन्। विद्यालयका पुर्व प्र. अ. श्री भीमप्रसाद उप्रेती ले अक्षयकोष स्थापना गर्ने दाता परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
शिक्षिका शान्ता पोखरेलले स्वागत गरेको कार्यक्रम विद्यालयका प्र. अ. भीम दाहालले कार्यक्रम संचालन गरेका थिए।