पाथीभरा सामुदायिक वन कचनकवलमा नयाँ कार्यसमिति ,हिमाल दाहाल अध्यक्ष सहित राप्रपाको प्यानल नै बिजयी

कांग्रेस-एमालेलाई पछी पार्दै कचनकवलको बालुवाडीमा अवस्थित पाथिभरा सामुदायीक वन उपभोक्ता समितीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुमत जीत हासील गरेको छ ।

Advertisement

१३ सदस्यीय वन उपभोक्ता समितीको अध्यक्ष सहित सात जना पदाधीकारी तथा सदस्यमा जीत हासिल गर्दे राप्रपाले बहुमत आफ्नो पक्षमा पारेको हो । वन उपभोक्ता समितीको अध्यक्षमा राप्रपाका हिरालाल दाहाल हिमाल, उपाध्यक्षमा राप्रपाकै समर्थनमा कंग्रेसवाट विद्रोह गरेर अएकी ज्ञानुमाया कटुवाल, सचिवमा राप्रपाकै सकुन्तला पोख्रेल, र कोषाध्यक्षमा पनि राप्रपाकै पार्वती कुमारी राजवंशी निर्वाचित भएका छन।

त्यसैगरी सदस्यमा राप्रपाका कनक राजवंशी र श्यामलाल राजवंशी तथा देवेन्द्र थेवे, भीम माबो, नैनकाला ढुंगेल, गिता भट्टराई, गिता कुमारी राजवंशी निर्वाचित हुन। कचनकवल गाउपालिकाको विभिन्न वडामा रहेका टोल विकाश समिती अन्तर्गत प्रतिनिधी छनौट भई वन उपभोक्ता समितीले तेतृत्व पाएको हो ।

टोल समितीको प्रतिनिधी छनौटमा कडा प्रतिस्पर्धा भएको थियो । कतिपय टोलमा एमाले(कांग्रेस गठबन्धनले राप्रपाका उमेद्वारसंग चुनाव लडेका थिए । प्रतिनिधी छनौटको आधारमा वन उपभोक्ता समितीको नेतृत्वमा राप्रपाले वहुमत जीत हासिल गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search