हल्दीबारी गाउँपालिकामा,क्यान्सर,मृगौला तथा पक्षघातका ७१ जना बिरामी,उपचारखर्च भुक्तानी

झापा।झापाको हल्दीबारी गाउँपालिकाले क्यान्सर, मृगौला तथा मेरूदण्ड पक्षघातका बिरामीहरूले मासिक रूपमा उपचार खर्च बापत पाउने ५ हजार वितरण गरेको छ।
साउन देखि मंसिर सम्म ५ महिनाको अवधिमा ७१ जना नयाँ तथा पुराना बिरामीहरूले पाउने रकम भुक्तानी गरिएको हो।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका (रातो र निलो कार्ड)भएका   बिरामीहरूलाई  ,३/३ महिनामा चेकजाचका लागि  अस्पताल गइरहनुपर्ने  बिरामीलाई रकम उपलब्ध गराउँदै आएको छ ।
साउन देखी मंसिर सम्म ५ महिनाको अवधिमा हल्दिबारीका यि रोगका बिरामीहरूले १७ लाख १७ लाख ७५ हजार औषधोपचार खर्च बुझेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search