हल्दिबारी वडा नं १ द्वारा ७२० घरधुरीलाई विधुतिय चुलो वितरण

झापा।हल्दिबारी गाउँपालिका वडा नं ले वडाका ७२० घरधुरीलाई विधुतिय चुलो वितरण गरेको छ।
सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघ को सहकार्यमा विधुतीय चुलो (इन्डक्सन) बितरण गरेको वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिए।
वडा अध्यक्ष देवीबहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो। वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली, प्रकास कार्की र कुलबहादुर राई,
राष्ट्रिय महासंघ का फिल्ड अफिसर मिन थापा लगायत को उपस्थिति रहेको थियो।

बजार मुल्य ३०७७ रहेको चुलो वडावासीलाई १ हजार ७ रूपैयाँ लिएर वितरण गरिएको हो।
वडावासीको ग्यासमा हुने मासिक खर्च घटाउन इन्डक्सन चुलो उपयुक्त हुने पालिका अध्यक्ष लिङदेनले बताए।

ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने भएको मिन थापाले जानकारी दिए।
नेपाल सरकार बाट चुलो परिक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्ड का भएकाले सुरक्षित रहेको पनि उनले जानकारी दिए।२ हजार वाट तापशक्ति रहेको यो चुलो ले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विधुत खपत हुने बताए।

 

यसैगरी सुरूका ४ महिना सम्म सबै परिवारलाई १३७ रूपैयाँ छुट दिने र अति विपन्न वर्गका मानिसहरूलाई वडाका सिफारिशको आधारमा विधुतीय संरचना सुधार गर्न थप १६ सय ५० रूपैयाँ सम्म सहयोग गर्न सक्ने पनि जानकारी गराईएको थियो।

दाउरा तथा ग्यासको प्रयोग घटाउन तथा वातावरणीय प्रदूषण केही मात्रा मा भएपनि रोक्न इन्डक्सन उपयुक्त हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search