तिब्बत र नेपालको सीमा डिंगे कान्टी केन्द्र भएर ७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको प्रभाव पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।
‘यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा हामी पनि बुझ्दैछौं। यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको छ,’ उनले भने।
बिहान ६:५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो।
पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।