हल्दीबारी आधारभूत अस्पतालमा थाइराइड परीक्षण सुरू

झापा, हल्दीबारी – हल्दीबारी आधारभूत अस्पतालमा आजबाट थाइराइड परीक्षण मेसिन सञ्चालनमा ल्याउँदै सेवा विस्तार गरिएको छ। यससँगै अब अस्पतालमा थाइराइड, भिटामिन डि, भिटामिन बि 12 लगायतका परीक्षण गर्न सकिनेछ।

थाइराइड परीक्षण सेवाको उद्घाटन हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने, अस्पतालका मेडिकल अफिसर एकलव यादव, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू आयुषा मेचे, भगिरथा दाहाल लगायतको उपस्थितिमा सम्पन्न भएको हो।

यो सेवाले स्थानीयलाई स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता हटाउँदै सुलभ र सरल स्वास्थ्य परीक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search