ओलीबारे रावलको टिप्पणी: आँखामा पट्टी बाँधेको शासक

नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासक भनेर टिप्पणी गरेका छन् । बिहीबार नेपाल प्राज्ञिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् ।

‘कतिपय मान्छे भन्छन्–हामीले त सरकार संविधान संशोधनका लागि ल्याऔँ,’ रावलले भने, ‘तर, यदि मेरो यो आँखाले धोका दिएको छैन भने यो कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ मा हुन्छ ।’

आफूलाई यसो सुन्दा आश्चर्य लागेको रावलले बताए । उनले भने, ‘मलाई आश्चर्य लाग्छ, सरकारमा गएपछि, म पनि गएको थिएँ । तर यति सारो आँखामा पट्टी लगाएर जनता सबै मूर्ख छन्, म मात्रै सर्व ज्ञाता छन् भन्ने यस्तो कुनै देशको शासक हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search