काठमाडौँ : सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलका सूचना अधिकारी सुरज अधिकारीले थाहाखबरलाई जानकारी दिए।
पूर्वगृहमन्त्रीसमेत लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएतारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्ने छन्। न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस हुँदै आएको थियो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा लामिछानेमाथि मुद्दा दायर भएको थियो।