भद्रपुर वडा नं ३ मा महिलाहरूको पाठेघरको क्यान्सर सम्बन्धी शिविर,३५० जनाले लिए सेवा

झापा।भद्रपुर नगरपालिका वडा नं ३ ले  नेपाल क्यान्सर  फाउन्डेसन र Ncell  फाउन्डेसनको सहकार्य  र वि एण्ड सि पूर्वाञ्चल क्यान्सर अस्पतालको  प्राविधिक  सहयोगमा   महिलाहरूको पाठेघरको मुखको क्यान्सर  र स्तन क्यान्सर परिक्षण सम्बन्धी २ दिने  निुशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।


शिविरमा सहभागी महिला दिदीबहिनीहरूलाई क्यान्सरका लक्षण , कारण,रोकथामका उपायहरू , महिनावारीका समस्या , यौन र प्रजन्नस्वास्थ्य लगायतका बारेमा जानकारी गराइएको थियो।

Advertisement

उक्त शिविरमा २ दिनमा २३४ जना महिलाहरुको प्याप संकलन गरी परिक्षण,  पाठेघर र स्तन क्यान्सर परिक्षण  साथै निशुल्क भिडियो एक्स रे सेवा  सहित ३५० भन्दा बढिले सेवा लिएको वडा अध्यक्ष हेमबहादुर कार्कीले जानकारी दिएका छन्।
भद्रपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षता र भद्रपुर नगरपालिका कि उपमेयर राधा कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
वडा सदस्यहरू रिना खडका, शोभा ठटाल लगायत
कर्मचारीहरूको उपस्थिति रहेको थियो।
महिलाहरुमा पाठेघर र स्तन क्यान्सरको जोखिम बढी मात्रामा हुने भएकोले सचेतना तथा परिक्षण कार्यक्रम राखिएको वडा सदस्य रिना खडकाले बताइन्।
परिक्षण पश्चात थप उपचार गर्नुपर्ने अवस्था आएमा वि एण्ड सि अस्पताललेउपचारमा १० प्रतिशत छुट उपलब्ध गराउने पनि वडा अध्यक्ष कार्कीले बताए।
वि एण्ड सि पूर्वाञ्चल क्यान्सर अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search