ढडुवा युबा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न

ढडुवा युवा क्लब परिवारको आयोजनामा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । हल्दिबारी वडा नं -३ वडा कार्यालयको सहयोगमा तथा क्लबको आयोजना भएको प्रतियोगिताको प्रमुख अतिथि वडा अध्यक्ष बिष्णु प्रसाद ओली रह्नु भएको थियो।प्रतियोगितामा वडा सदस्य अजित बिष्ट, कर्ण भण्डारी , बिष्णुमाया तिम्सिना ढुङ्गेल ,सामाजिक अगुवा ओम मिश्र , रातमाटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक लामा,रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर सावा र पञ्चायत माध्यमिक विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेल ,लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मदन पोखरेल ,ढडुवा बजार व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र आङ्वो ,प्रहरी ,खेलाडी र अफिसियल लगायतको उपस्थिति रहेका थिए।वडा भित्रबाट ९ वटा पुरुष भलिबल टिमले प्रतियोगितामा सहभागी जनाएका थिए ।पौष २७ र २८ गते आयोजना हुने भनिएको दुई दिवसिय भलिबल प्रतियोगिता प्राविधिक कारणले आज नै समापन गरिएको थियो।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा प्रथम स्थान बिष्ट भलिबल टिम हुन सफल भएको थियो भन्ने  द्वितीय स्थान मेचे भलिबल टिम रहेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा बिष्ट भलिबल टिमका युवा खेलाडी बिशन बिष्ट भएका थिए।

क्लबका अध्यक्ष कुल बहादुर न्यौपानेले अध्यक्षता गरेको कार्यक्रमको  संचालन  एवम सहजीकरण क्लबका सचिब अभिषेक खतिवडाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search