साना किसान चिया उत्पादक सहकारी हल्दीबारीको साधारणसभा सम्पन्न, उत्कृष्ट सदस्य,कर्मचारी र मजदुरलाई सम्मान

झापा।श्री साना किसान चिया उत्पादक सहकारी संस्था लि हल्दीबारी २ को २० औँ वार्षिक साधरणसभा आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष हर्क तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमर विष्ट रहेका थिए।
यसैगरी विशेष अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,१ नं वडा अध्यक्ष देवीबहादुर थापा, २ नं वडा अध्यक्ष शुकलाल राजवंशी,कार्यपालिका सदस्यहरू भगिरथा दाहाल,रूपा रसाइली,बिजय राजवंशी, वडा सदस्य प्रकास कार्की, रेडक्रस उपशाखा हल्दिबारीका कर्णाखर प्रसाई,यसैगरी एकता सहकारीका उपाध्यक्ष गंगा प्रसाई, शान्तिबाटिका महिला सहकारीकी अध्यक्ष शारदा लिङदेन लगायत रहेका थिए।
कार्यक्रममा अध्यक्ष हर्क तामाङ्गले आ व २०८०/८१ को ११ करोड ६० लाख ९८ हजार ९ सय ९८ रूपैयाँ बराबरको आय व्यय विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीले संस्थाका शेयर सदस्य,कर्मचारी र मजदुरहरूलाई दुर्घटना विमा सहित स्वास्थ्य बिमा लगायत सेवा उपलब्ध गराउँदै आएको छ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख विष्टले चिया उत्पादक किसान र सहकारी का समस्याहरु समाधान गर्न प्रयास गर्ने तथा वास्तविक चिया किसानले उठाएका विषयहरु संसदमा छलफलका लागि पेश गर्ने प्रतिबद्धता जनाएका थिए।

यसैगरी कार्यक्रममा गुणस्तरीय चिया उत्पादन गर्ने शेयर सदस्यहरु कालीबहादुर श्रेष्ठ, किरणकुमार राई र असिम मैनाली यसैगरी उत्कृष्ट कर्मचारी कर्मचारीमा राजकुमार मेचे र दुखुराम मेचे यस्तै उत्कृष्ट कामदारमा हेमलाल मर्डी र जोगवती राजवंशी लाई नगद सहित कदरपत्रले सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search