हल्दिबारी। हल्दिबारीको किराँतेश्वर शिव मन्दिर तथा गुरुकुलको २७ औं बार्षिकोत्सवको अवसरमा नारदीय महापुराण धनधान्याञ्चल नवाह ज्ञानमहायज्ञ १८ पुराणको रुपमा सुरु भएको छ ।
पुराणमा सन्थाल धर्मगुरु ,किराँत धर्मगुरु ,बौद्ध धर्मगुरु र मेचे धर्मगुरु द्वारा प्रवचन गर्ने कार्यक्रम समेत रहेको छ ।
पुराण उद्घाटन कार्यक्रमको सभाअध्यक्ष पुराण आयोजक समितिका अध्यक्ष मन्जु सिटौला र प्रमुख अतिथि हल्दिबारीका सामाजिक व्यक्ति तथा शिक्षाप्रेमी नरेन्द्र कार्की रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कार्किले पानसमा दिप प्रज्जवलन तथा ब्यानर वाचन गरेको औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए।
हल्दिबारी वडा नं-४ का निबर्तमान वडाअध्यक्ष होम चुडाल,बिर्तामोडका व्यवसायी शिव चुडाल , नेपाल रेड्क्रस सोसाइटीका जलथल उपशाखा सभापति रेम खरेल ,किरातेश्वर मन्दिर जगादाता ढुण्डीराज ढकाल ,पाथीभरा सामुदायिक वनका अध्यक्ष सागर पोर्तेल ,मन्दिर व्यवस्थापन समिति अध्यक्ष कमला रिजाल ,संचारकर्मी नेत्र बिक्रम बिमली ,श्री हरि सत्संग समिति बिर्तामोड सचिव बाबुलाल अग्रवाल ,श्री हरि सत्संग समिति बिर्तामोड सदस्य सुभाष अग्रवाल,ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडा , जलथल प्रहरी चौकी इन्चार्ज कृष्ण प्रसाद दुलाल, लगायत रहेका थिए।कार्यक्रमको उद्घाटन समाहोरामा ३०० बढी विपन्न परिवारलाई दाताहरु द्वारा न्यानो कपडा वितरण गरिएको थियो।
कार्यक्रममा वक्ताको रुपमा अभिषेक खतिवडा , निवर्तमान वडा अध्यक्ष चुडाल , दाताहरु शिव चुडाल र बाबुलाल अग्रवालले जात धर्म समुदाय नहेरी मानवता लाई हेरेर सकेको सहयोग भाव प्रकट सबैले गर्नु पर्ने राहे राखेका छन। सगै उद्घाटन कार्यक्रममा विपन्न परिबारलाई न्यानो कपडा वितरण तथा बिभिन्न समुदायका धर्मगुरु द्वारा प्रवचन गर्ने कार्य पुराणको सबल पक्ष रहेको बताएका छन।
आज देखि सुरु भएको पुराणमा मुख्य कथावाचिका का रुपमा विदुषी यसोदा देवी लम्साल र पाठ वाचक आचार्य सुजन सुवेदीले माघ १० गते सम्म पाठपारायण गर्ने आयोजकले जानकारी दिएका छन।महापुराणको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य पण्डित सोमनाथ सुवेदीले राखेका थिए भने कार्यक्रमको संचालन एव्म सहजीकरण संचारकर्मी देविका अधिकारीले गरेकी थिइन।