हल्दीबारीमा चिसोको कारण जनजिवन प्रभावित हुँदै ।

झापा हल्दीबारी । चिसो मौसमले झापाको हल्दिबारी लगायतका तराई क्षेत्रका जनजीवनलाई गम्भीर रूपमा प्रभावित पारेको छ। शीतलहर र बाक्लो कुहिरोका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा, र दैनिक श्रमिकहरू समस्यामा परिरहेका छन्। चिसोबाट जोगिन मानिसहरू आगो तापेर बस्न बाध्य छन् भने झापाको बिभिन्न विद्यालयहरूको पठनपाठन पनि प्रभावित भएको छ।

यसका साथै, झापाको विभिन्न जिल्लाम चिसोको कारण स्वास्थ्य केन्द्रहरूमा रुघाखोकी, निमोनिया, र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको संख्या बढिरहेको छ ।
आज शुक्रबारको दिन बिहानको मौषम १४° सेल्सिय रहेको थियो भने हालको मौषम २१° सेल्सियस रहेको छ । सामन्यतया भोलिको मौषम पनि आजको जस्तै चिसोनै रहने मौषम विभागले जनाएको छ ।

•आशिस राई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search