हल्दीबारी ४ स्थित, रिजालको घरमा १० लाख बराबरको चोरी ।

झापा हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका वडा नं ४ सुझाप टोल स्थित पुन्य प्रसाद रिजालको घरमा शनिवार साझ चोरी भएको छ । चोरी अन्दाजी साझको ६:५० देखि ७:३० बजेको समयमा भएको अनुनमान गरिएको छ ।

पुन्य प्रसाद रिजालको स परिवार लक्ष्मि चोक स्थित आफन्तको घरमा पाहुना गएको बेला उक्त चोरी भएको जानकारी गराइएको छ ।

चोरले उक्त घरबाट कोहि नभएको थाहा पाएपछी चुपचाप घर भित्र पसि ५ ( पाँच तोला) सुन सहित ५० हजार नगद , ९ थान झर्के थाल, १० थान झर्के बटुका र ४ थान करुवा चोरी गरेको पिडितले बताएका छन । रिजाल परिवारले आफन्तको बाट फर्किएपछी उक्त घटना थाहा पाएका थिए ।

चोरीको खबर सुन्न साथ जलथल चौकी बाट खटिएका प्रहरीहरु घटना स्थानमा पुगि निरीक्षण गरिएको प्रहरीले जनाएको छ ।

आशिस राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search