जनजागृती मा वि ५७ औँ वार्षिकोत्सव ,शिक्षक सम्मान तथा विभिन्न कार्यक्रम

झापा। हल्दीबारी गाउँपालिका वडा नं १ मा अवस्थित श्री जन जागृती माध्यमिक विधालयले आज आफ्नो ५७ औ बार्षिक उत्सव भब्यताको साथ विभिन्न कार्यक्रम गरि मनाएको छ । हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आथित्यतामा संचालन भएको उक्त कार्यक्रममा सभाध्य्क्ष जन जागृती मावीका व्यवस्थापन समिती अध्यक्ष टेक प्रसाद सापकोटा , विशिष्ठ अतिथि हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नं १ का वडा अध्यक्ष देवी ब थापा, हल्दीबारी गाउँपालिका शिक्षा शाखा प्रमुख जनक कुमारी राई लगायतको आतिथ्यता रहेको थियो ।

यसैगरी हल्दीबारी गाउँपालिका वडा न १ का शिक्षा प्रेमि तथा समाजसेवी व्यक्तित्वहरू त्रीलोचन सापकोटा, निराजन दाहाल, ध्रुब श्रेस्ठ, टंकनाथ योङ्हाङ, हर्क प्रसाद लिङ्देन, याम प्रसाद न्यौपाने, दुर्गा प्र न्यौपाने,
प्रेम न्यौपाने, राम प्रसाद पराजुली, श्यामा कटुवाल , खिबराज न्यौपाने , क्याम्पस व्यवस्थापन समिती अध्यक्ष कपिलमणी चापागाई , क्याम्पस प्रमुख मणिराज दंगाल र लगायत अभिभावक हरुको बाक्लो उपस्थिति थियो ।


कार्यक्रममा उक्त विधालयमा वर्षका उत्कृष्ट शिक्षकहरु टीका सुवेदी, भिम घिमिरे, लोकेन्द्र प्रसाईं, प्रेम भण्डारी र उक्त विधालयमा कार्यारत लेखापाल धर्म उप्रेतीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्दनले उक्त विधालय गाउँपालिका मध्यको एक नमुना विधालय भएपनि विधालयको आन्तरिक कार्यक्रममा अभिभावकहरुको कम उपस्थिति रहेको गुनासो गरेका थिए ।


कार्यक्रममा विभिन्न विधार्थी हरुले आ आफ्नो कलालाई स्टेज मार्फत प्रस्तुत गरेका थिए भने विधालयको आधारभुत तहका विधार्थी हरुद्वारा सीप परिक्षणका लागि सेलरोटि र प्याजी परिकार बनाई वितरण गरेका विधालय व्यवस्स्थापन समिती सदस्य विधार्थी प्रतिनिधि सम्राट अधिकारीले बताए ।

•आशिस राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search