झापा।हल्दीबारी मा वि हल्दीबारीमा भइरहेको १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगितामा आज दोस्रो दिन विभिन्न विधामा विधार्थी खेलाडीहरूले प्रतिष्पर्धा गरेका छन्।
आज दोस्रो दिन सम्म सम्पन्न भएका खेलहरूमा लक्ष्मी मा वि ले ७ स्वर्ण,१ रजत र १ कास्य प्राप्त गरेको छ भने हल्दिबारी मा वि ले ६ स्वर्ण ७ रजत र ४ कास्य पदक जितेको छ भने जनजागृति मावि ले ४ स्वर्ण,३ रजत र ७ कास्य पदक जितेको छ। यसैगरी चिल्ड्रेन गार्डेन अंग्रेजी विधालय ले ४ रजत र १ कास्य पदक जितेको छ भने सिग्मा इङलिस स्कुल ले १ स्वर्ण र सरस्वती मा वि ले १ कास्य पदक जितेको छ।
आज भएका खेलहरूमा ट्रिपल जम्प छात्रमा हल्दीबारी मा वि का शुखदेव टुडु प्रथम,जनजागृति मा वि का आयुष पराजुली द्वितीय र जनजागृति मा वि कै विवेक चौधरी ले तृतीय स्थान हासिल गरेका छन्।यसैगरी ट्रिपल जम्प छात्रामा लक्ष्मी मा वि कि सुशिला हस्दा प्रथम, हल्दिबारी मा वि कि कृषा मुर्मु द्वितीय र जनजागृति माविकी आर्जु पौडेल तृतीय बनेका थिए।
आजै भएको १०० मिटर दौड फाइनलमा छात्र तर्फ जनजागृति मावि का अरूण राई प्रथम, चिल्ड्रेन गार्डेन अंग्रेजी विधालयका राज मेचे द्वितीय र हल्दिबारी मा वि का सुजल राजवंशीले तृतीय स्थान हासिल गरेका थिए भने छात्रातर्फ लक्ष्मी मा वि कि अमृता किस्कु प्रथम, हल्दिबारी मा वि कि समिका मुर्मु द्वितीय र लक्ष्मी मा वि कि ममता मर्डी तृतीय बनेकी थिइन।
यसैगरी २०० मिटर दौड छात्रातर्फ प्रथम अमृता किस्कु लक्ष्मी मा वि सोही विधालयकि सेमली हेमरम द्वितीय र हल्दिबारी मा वि कि अस्मिता दर्जी तृतीय बनेकी थिइन भने छात्रतर्फ जनजागृति मावि का अरूण राई प्रथम, चिल्ड्रेन गार्डेन अंग्रेजी विधालयका अनुराग ढकाल द्वितीय र हल्दिबारी मा वि का विशेष सोरेन तृतीय बनेका थिए।
आजै भएको १५०० मिटर दौडमा छात्र तर्फ सुखदेव टुडु हल्दिबारी मा वि प्रथम,सुमन राई जनजागृति मावि द्वितीय र सोही विधालयका अनुप वि क तृतीय बनेका थिए भने छात्रातर्फ समिका मुर्मु हल्दिबारी मा वि प्रथम, हल्दिबारी मा वि कै वर्षा योङहाङ द्वितीय र जनजागृति मावि कि शान्ति मुर्मुले तृतीय स्थान हासिल गरेकी थिइन्।
यसैगरी ४००/४ रिलेदौडमा लक्ष्मी मा वि प्रथम बनेको थियो।
बिजेता खेलाडीहरूलाई खेल समितिका संयोजक एवम् वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य शान्ता शिवाकोटी,२ नं वडाका वडा सदस्यहरू विष्णु राई, गणेश मगर, हल्दिबारी मा वि का प्र अ टंकबहादुर पाख्रिन लगायत खेल समितिका सदस्यहरूले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
१८ गतेबाट सुरु भएको कार्यक्रममा भोली २० गते समापन हुने छ।