हल्दीबारी वडा नं १ ले पाठेघरको मुखको क्यान्सर विरुद्द एच पि भि खोप लगाउदै ।

झापा । हल्दीबारी गाउँपालिका वडा नं १ ले आज पाठेघरको मुखको क्यान्सर सम्बन्धि एच पि भि खोप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

वडा न १ को स्वास्थ्य चौकिमा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी वडा नं १ को वडा अध्यक्ष देबि बहादुर थापाले गरेका थिए ।

उक्त कार्यक्रममा वडा नं १ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचाकर्मी लगायत उक्त वडामा रहेका सम्पुर्ण सामुदायिक र संस्थागत विधालयहरुको प्रतिनिधित्व गरि शिक्षक बर्गहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यकममा विशेषगरी पाठेघरको क्यान्सर के हो? यो कसरि हुन्छ र यसको निवारण कसरी गर्न सकिन्छ साथै एच पि भि खोप भनेको के हो ? यो कति उमेर समुहको युवा युवती हरुले लगाउने भन्ने बारे छलफल गरिएको थियो । उक्त कार्यक्रमको सहजिकरण वडा नं १ को स्वास्थ चौकी प्रमुख याम लाल न्यौपानेले गरेका थिए ।

स्वास्थ्य चिकित्सकका अनुसार, पाठेघरको मुखको क्यान्सरलाई ‘सर्भाइकल क्यान्सर’ भनिन्छ, जुन पाठेघर (युटेरस) को तल्लो भाग (सर्भिक्स) मा हुन्छ। यो क्यान्सर धेरैजसो ह्युमन प्यापिलोमा भाइरस (HPV) नामक भाइरसको संक्रमणका कारणले हुन्छ। खासगरी यौन सम्पर्कबाट सर्ने यो भाइरस धेरै महिलामा देखिन्छ, तर सबैमा क्यान्सर भने हुदैन। यसका लक्षण हरु निम्न लिखित छन :

लक्षणहरू:
यौन सम्पर्कपछिको रक्तस्राव

महिनावारीको बीचमा वा रजोनिवृत्तिपछि रक्तस्राव

यौन सम्पर्कको बेला वा पछि दुखाइ

पेल्भिक (तल्लो पेट) मा दुखाइ

बदबास आउने सेतो डिस्चार्ज

जोखिम कारकहरू:

धेरै यौन साथीहरू

सानै उमेरमा यौन सम्बन्ध

धूम्रपान

कमजोर प्रतिरक्षा प्रणाली

हल्दीबारी गाउँपालिका वडा नं १ मा माघ २२ गते देखि २७ गते सम्म संचालन हुने एच पि भि खोप अभियान निम्न लिखित स्थान र समयमा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search