झापा। हल्दीबारी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगितामा हल्दीबारी मा वि ले १४ स्वर्ण , ११ रजत र १० कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ।
यसैगरी जनजागृति माविले १० स्वर्ण ९ रजत र १२ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने ७ स्वर्ण ४ रजत र ४ पदक सहित लक्ष्मी मा वि ले तेस्रो स्थान हासिल गरेको थियो।
यसैगरी ३ स्वर्ण ४ रजत र ६ कास्य पदक सहित सिग्मा अंग्रेजी मा वि चौथो बनेको थियो।
आज भएको खेलहरुमा ३००० मि. दौड छात्र छात्रा फाइनल ,ज्याब्लिङ थ्रो छात्र छात्रा फाइनल त्यसैगरी ४०० मि.,८०० मि. दौड छात्र छात्रा फाइनल, कबड्डी छात्र ,छात्रा फाइनल,हाइजम्प छात्र छात्रा फाइनल, भलिबल छात्र छात्रा फाइनल, कराते महिला पुरुष काता फाइनल , ५५ केजी, ४०-४२ केजी , ५० केजी र ६० केजी महिला कुमुते फाइनल , ५२ केजी, ४७ केजी, ४२ केजी र ५७ केजी पुरुष कुमुते फाइनल४५ केजी महिला कुमुते फाइनल, ६२ केजी पुरुष कुमुते फाइनल,ट्रिपल जम्प छात्र छात्रा फाइनल, १०० मि दौड छात्र छात्रा फाइनल गरेर सम्पूर्ण खेलहरू सम्पन्न भएका छन्।
बिजेता खेलाडी तथा विधालयहरूलाई हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली सहित जनप्रतिनिधिहरू, शिक्षक शिक्षिका लगायत विशिष्ट व्यक्तित्वहरूले मेडल ,टर्फि तथा प्रमाणपत्र वितरण गरेका थिए।
विभिन्न खेल विधामा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमको अन्तयमा बोल्दै खेल संयोजक एवंम वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाले खेल सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै खेलाडीहरूलाई जिल्ला प्रदेश हुदैँ केन्द्र सम्मको खेलमा सफलता हासिल होस् भन्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम हल्दीबारी मा वि क सहायक प्र अ तुलसी कोइरालाले संचालन गरेका थिए।