माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्जहरू

२१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, प्रदेश १ मा उपमहासचिव हरिबोल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र प्रवेश एसियामा ओम शर्मा तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search