हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनालीद्वारा विधार्थीहरूलाई स्कुल ब्याग तथा कपडा वितरण

झापा। हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले सरस्वती पुजाको अवशरमा दुर्गादेवी प्रा वि हल्दीबारी १ का विधार्थीहरुलाई व्याग वितरण गरेकी छन्।
मिहेनती एवं आर्थिक अवस्था कमजोर भएका १३ जना विधार्थीहरुलाई उनले अलिकति भएपनि सहज होस् भनेर व्याग दिएको बताइन।


यसैगरी मैनालीले हल्दिबारी ३ मा रहेको रामेश्वर आधारभूत विधालयका १३ जना विद्यार्थीहरुलाई केही दिन अघि विधालय पोसाक वितरण गरेकी थिइन् । विधार्थीहरुलाई हौसला बढाउन आफूले यस्तो काम गरेको बताउँदै उनले आगामी दिनहरुमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search