श्रीनाम हरिकिर्तन मण्डली सेवा समिती द्वारा सत्संग भवनको शिलान्यास

झापा । हल्दीबारी गाउँपालिका वडा नं १ साविक वाड नं ७ मा आज श्रीनाम हरिकिर्तन मण्डली सेवा समिती गोलधाप द्वारा नयाँ सत्संग भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

श्रीनाम हरिकिर्तन मण्डली सेवा समिती गोलधापका अध्यक्ष कृष्ण प्रसाद सुवेदीको अध्यक्षता र कोशी प्रदेश सभा सदस्य माननीय छबिलाल चुडालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको विशिष्ट अतिथी १ नं वडाका वडा अध्यक्ष देवी बहादुर ,थापा ४ नं वडाका वडाअध्यक्ष सन्त कुमार थापा र निवर्तमान वडा अध्यक्ष त्रिलोचन सापकोटा रहेका थिए।

कार्यक्रममा वडा नं १ का वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता शिवाकोटी , रुपा रसाइली,वडा नं १ का वडा सदस्य कुल ब वान्तवा, प्रकाश कार्की , ४ नं वडाका वडा सचिव जय प्रकाश पोख्रेल, धार्मिक व्यक्तित्वहरु हल्दिबारी गाउँपालिका किर्तनमण्डलीका अध्यक्ष नरेन राई, युवा प. सुर्य प्रसाद सुवेदी, सोमनाथ सुवेदी,हर्क लिङ्देन,याम बहादुर लिम्बु, शिक्षक रामचन्द्र घिमिरे, गोलधाप बजार व्यवस्थापन समिती अध्यक्ष गजेन्द्र काम्बाङ्ग, सिंहबाहिनी किर्तन मण्डलीका अध्यक्ष/ सचिव अर्जुन आचार्य, रत्न कुमार कार्की, नवज्योती किर्तनमण्डली हल्दिबारी ४ संस्थापक प्रेम सेलवाल, रामजानकी तथा रामेश्वर शिवालय किर्तन मण्डली अध्यक्ष शान्तिराम घिमिरे, जग्गा दाताहरु अमर बा दाहाल, कृष्ण माया दाहाल र धार्मिक व्यक्तित्व हिमालय राई, धर्मा अनुरागी महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कृष्णमाया दाहालको नाममा रहेको जग्गा अम्बर ब दाहाल र कृष्णमाया दाहालको सहमतिमा भवनको लागि अनुदानमा पाए पछि श्रीनाम हरिकिर्तन मण्डली सेवा समितीको संयुक्त लगानीमा उक्त भवन निर्माण हुन लागेको हो ।

कार्यक्रममा बोल्दै माननीय छविलाल चुडालले ,”अहिलेको आधुनिक युगमा आफ्नो मौलिकता र संस्कार संस्कृतीलाई जोगाउनको लागि मात्र नभई स साना नानीहरुलाई पनि यसबारे जानकारी गराउन पर्ने कुरामा जोड दिदै आफुले सक्ने सहयोग चाडो भन्दा चाडो उक्त भवनको निर्माणको निम्ति प्रदेशसरकार बाट सहयोग गर्ने आश्वासन दिएका थिए ।

यसैगरी शिक्षक राम चन्द्र घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । श्रीनाम हरिकिर्तन मण्डली सेवा समितीकि सह- कोषाध्यक्ष निर्मला सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन तथा सहजिकरण सोमनाथ सुवेदीले गरेका थिए ।                      •आशिष् राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search