राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन्।
सोमवार सरोकार दर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताए।
उनले संघीयतासम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताए।
उनले संघीयताका सिद्धान्तहरू आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताए। नेतृत्वले जिम्मा लिएका कुराहरू समयमै नागरिकस्तरमा पुर्याउँदा नै संघीयता सफल हुने उनको भनाइ थियो।
अध्यक्ष दाहालले जनतालाई सुविधा दिने कुरामा बढी गम्भीर हुनुपर्ने बताए। जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाइमा समेत प्रभाव पारेको उनको भनाइ थियो।