गरमकाली आधारभूत विधालयका विधार्थीहरूलाई श्रीलाल तथा जानुका भट्टराई अक्षयकोषबाट छात्रवृति वितरण

झापा । हल्दीबारी गाउँपालिका वडा नं १ मा अवस्थित श्री गरमकाली आधारभुत विधालयलले आज एक कार्यक्रमका बिच जेहेन्दार विधार्थीहरुलाई छात्रवृती प्रदान गरेको छ ।

आज माघ २१ गतेको दिन श्री वसन्त पञ्चमी सरस्वती पुजाको पावन अवसरमा नयाँ विधार्थी भर्ना साथै ११ जना जेहेन्दार विधार्थीहरूलाई २ हजारको दरले छात्रवृती प्रदान गरिएको थियो भने अन्य ३१ जना विधार्थी हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

गरमकाली आधारभुत विधालयका अक्षय कोष दाता मेघनाथ भट्टराई तथा सावित्रा भट्टराईले स्वर्गीय पिता श्रीलाल भट्टराई तथा स्वर्गीय माता जानुका भट्टराईको स्मृतिमा स्थापना गरिएको पाँच लाख बरावरको अक्षयकोषमा रहेको पैसाको ब्याज द्वारा उक्त छात्रवृती वितरण गरिएको अक्षयकोष संचालक समितिका अध्यक्ष बालकृष्ण भट्टराईले जानकारी दिए।

वि.व अध्यक्ष हिमालय राईको अध्यक्षतामा भएको छात्रवृति वितरण कार्यक्रमको प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन रहेका थिए भने अतिथिमा हल्दीबारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष देवी ब थापा , कार्यपालिका सदस्यहरु रुपा देवी रसाइली, शान्ता शिवाकोटी ,वडा सदस्यहरू प्रकाश कार्की , कुल बा बान्तावा राई, शिक्षा शाखा प्रमुख जनक कुमारी राई,
अक्षयकोष संयोजक बाल कृष्ण भट्टराई , शैक्षिक सामग्री दाताहरु रेवता घिमिरे भट्टराई, साबित्रा भट्टराई , लगायत विभिन्न शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तित्वहरु , विधालयका शिक्षक , लगायत अभिभावक हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यको बारेमा विधालयका प्रअ राम प्रसाद पराजुलीले प्रकाश पारेका थिए भने प्रमुख अतिथि रविन्द्र लिङ्देनले अक्षयकोष स्थापना गर्ने दातालाई धन्यवाद ज्ञापन गर्दै शैक्षिक क्षेत्र सुधारमा सबैले सकेको सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search