यू-१९ क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यू–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा

काठमाडौँ : नेपालकी यू-१९ क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यू–१९ महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेकी छन्।

आईसीसीले आज (सोमवार) घोषणा गरेको १२ खेलाडीको सूचीमा पूजालाई पनि समावेश गरेको छ।

मलेशियामा अस्ति (आइतवार) भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको उपाधि भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै जितेको थियो।

एसोसिएट राष्ट्रका खेलाडीमध्ये पूजामात्र आईसीसीको टोलीमा परेकी छन्।

उनले आइतवारमात्र सकिएको विश्वकपका ४ खेलमा ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन्।

आईसीसीको टोलीमा विश्वकप विजेता भारतका ४ जना, उपविजेता दक्षिण अफ्रिकाका ३ जना, इङ्ल्याण्डका २ जन तथा नेपाल, श्रीलंका र अष्ट्रेलियाका १/१ जना खेलाडी परेका छन्।

पहिलोपटक महिला यू–१९ विश्वकप खेलेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। विश्वकपमा समूह ‘डी’ मा प्रतिष्पर्धा गरेको नेपाल समूह चरणका ३ खेलमा नै पराजित भएको थियो।

नेपालले प्लेअफमा भने आयोजक मलेशियालाई ७ विकेटले पराजित गर्दै सान्त्वना जितसहित स्वदेश फर्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search