झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ मा अबस्थित श्री जागृति सानाकिसान सहकारी संस्था लि को आयोजनामा र एन्जेल फाउन्डेसनको सहकार्यमा मंगलबार आज १ दिने गुप्त रोग (पाएल्स ,फिस्टुला, फिसर) सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भई सम्पन्न भएको छ।
एन्जल फाउन्डेसन मोरङ्ग र श्री जागृती साना किसान सहकारी संस्था गोलधापको ५० प्रतिशत सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो।उक्त शिविरमा हल्दीबारी वडा नं १ भित्र बसोबास गर्ने कुल ३५ जनाले चेकजाँच गराएका थिए ती मध्ये ५ जनाले उपचार सेवा लिएका छन ।
बिहान १० बजे देखि सञ्चालन भएको उक्त शिविरमा लाईगेसन पद्धतिद्वारा बिना अपरेसन उपचार गरिएको थियो । ३ जना डाक्टरहरू लगायत सहकर्मी १४ जनाको टिमले सेवा दिएको थियो।
आज उपचार गराउने बिरामी हरुलाई आजको एक हप्तामा पुन फ्लोअपका निम्ति सोही ठाउँमा बोलाईएको उक्त सिविरका सिनियर मार्केटिङ अफिसर प्रकाश राजवंशीले जानकारी दिए । उक्त कार्यक्रम संस्थाको कार्यालय परिसर हल्दिबारी १ माछा चोकमा भएको थियो।
•आशिष राई