एच पि भि खोप अभियान, हल्दिबारीमा दोस्रो दिन सम्ममा ६ सय १८ जनाले लिए सेवा

झापा।पाठेघरको मुखको क्यान्सर बिरूद्वको एच पि भि खोप अभियान अन्तर्गत आज दोस्रो दिन सम्ममा हल्दिबारी गाउँपालिका का ६१८ जना किशोरीहरूले खोप लगाएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले जानकारी दिएका छन्।

विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विधार्थी र विधालय बाहिरका १० देखि १४ वर्ष सम्मका किशोरीहरूलाई लगाइने छ।आज सम्म १० वटा विधालयका विधार्थीहरुलाई खोप लगाइसकिएको छ। खोप पूर्ण रुपमा सुरक्षित रहेकाले ढुक्क भएर लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। हल्दीबारी गाउँपालिकामा २७ गते सम्म अभियान संचालन हुनेछ भने १८ सय भन्दा बढि किशोरीले खोप सेवा लिनेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search