झापा । हल्दीबारी गाउँपालिका वडा नं १ मा अवस्थित श्री गोलधाप सनसाइन अङ्ग्रेजी विधालयले आफ्नो १६ औँ वार्षिक उत्सव समारोह बृहत् सांस्कृतिक कार्यक्रम सहित मनाएको छ ।
आज आफ्नो विधालय १५ औँ वसन्त पार गरि १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा विधालयले २०७९ र २०८० सालमा एस इइ परिक्षामा हल्दीबारीकै उत्कृष्ट नतिजा ल्याउन सफल रेबिका कार्की (३.७० जि पि ए) र इमेस भट्टराई (३.७७ जिपिए) लाई नगद सहित कदरपत्रले सम्मानित गरिएको थियो।
यसैगरी हल्दीबारी प्याब्सन अन्तर्गतको टेबल टेनिस खेल मार्फत लगातार दुई पटक बिजेता हुन सफल विधार्थी पुकार त्रिताल र जिल्ला स्तरिय हाजिरजवाफ प्रतियोगिगामा दुई पटक पहिलो स्थान जित्न सफल विधार्थीहरू दिया पौड्याल सौगात रेग्मी लाई सम्मान सहित मेडल प्रदान गरिएको थियो।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र, लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं १ का वडा अध्यक्ष देवी बहादुर थापा, कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली, वडा सदस्य प्रकास कार्की,गरमकाली आ वि का प्र अ रामप्रसाद पराजुली, दुर्गादेवी आ वि कि प्र अ श्यामा कटुवाल , कृष्णसार अंग्रेजी विधालयका सहायक प्र अ योगेश कार्की, समस्करा शिक्षा सदन कि शिक्षिका शान्ता उप्रेती लगायत हल्दीबारी गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विधालय हरुको प्रतिनिधित्व गरि विधालयका प्रधानाध्यापक एवम शिक्षकहरु, गोलधाप प्रहरी चौकी इन्चार्ज , गोलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्व व्यक्तिहरू लगायत अविभावकहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी लिङ्देनले दिप प्रज्वलन र ब्यानर वाचन उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मन्दिरा श्रेष्ठले राखेकी थिइन।
१६ औँ बार्षिक उत्सवको अवसरमा विधार्थीहरुले मौलिक संस्कृति झल्काउने मारूनी,संगिनी नृत्य सहित विभिन्न विधाका नृत्यमा विधार्थीहरुको बेजोड प्रस्तुति रहेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रम गायन, नाटक प्रस्तुत गरि हर्सोउल्लासका साथ सम्पन्न गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले एस इइ परिक्षामा उत्कृष्ट अंक ल्याएर हल्दिबारी को नाम उच्च राखेकोमा विधालय र विधार्थीहरुलाई बधाई दिँदै आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षा दिदै शैक्षिक क्षेत्रमा योगदान गर्न विधालय लाई शुभकामना दिएका थिए।
कार्यक्रममा बिच, उक्त कार्यक्रममा योगेस कार्की , विधालयकी प्रीन्सिपल तुलसा देवी सङ्गौला, रामप्रसाद पराजुली, श्यामा कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन शिक्षकद्वय इन्द्र दाहाल र राज दासले गरेका थिए।