झापा।
भद्रपुर नगरपालिका वडा न. ३ का वडा अध्यक्ष शहेम बहादुर कार्की (सन्तु) ले आफूले राज्यबाट पाउदै आएको सेवा सुविधा बापतको रकबाट २ महिनाको प्राप्त रकम ५० हजार अरनिको माध्यमिक विधालयको भवन मर्मत आर्थिक सङकलन समितिलाई हस्तान्तरण गरेका छन्।
विधालयको अधुरो भवन निर्माण सम्पन्न गर्नका लागि आफूले सो रकम हस्तान्तरण गरेको बताए।
अझ स्मरणिय कुरा त भद्रपुर नगरपालिका भित्रका विधालयहरू मध्ये कार्की वडा अध्यक्ष भएको वडा नं ३ का २ वटा माध्यमिक विधालयमा मात्रै कक्षा १२ सम्म निशुल्क शिक्षा लागु गरिएको छ।
वडाले बजेट बिनियोजन गरेर निशुल्क शिक्षा प्रदान गर्दै आएको हो। यो वडाको मेची पारि पनि नेपालको बस्ती रहेको छ।
सन्तु कार्की २०७९ को चुनावमा राप्रपाबाट निर्वाचित वडा अध्यक्ष हुन भने बिजयी प्यानल नै राप्रपाको रहेको छ।