५ – ० को फराकिलो अन्तरले हल्दीबारीले गर्यो जितको सुरुवात

झापा । झापा जिल्ला पालिका स्तरिय नकआउट पुरुष फुटबल प्रतियोगिता कनकाई कप २०८१ को आज दोश्रो दिनमा सम्पन्न भएको खेलमा हल्दीबारी गाउँपालिकाले गौरादह नगरपालिकालाई ५-० को फराकिलो  गोल अन्तरले  पछिपार्दै जित आफ्नो हात पारेको छ ।

Advertisement

कन्काई विधालय सुरुङ्गाको खेलमैदानमा भएको उक्त खेलको निर्धारित समय ७० मिनेट भएको उक्त खेलमा पहिलो हाल्फ सम्म आईपुग्दा दुवै टिमबाट कुनै पनि गोल हुन सकेको थिएन । दोश्रो हाल्फको खेलमा हल्दीबारीका खेलाडि जेर्सी नं ११ का टिम क्याप्टेन राजेश राजवंशी द्वारा ४७ औ मिनेटमा पेनेल्टी शुट आउट मार्फत पहिलो खाता खोली आफ्नो टिमलाई १-० ले अग्रता दिलाएका थिए ।

खेलको ६१ औ मिनेटमा हल्दीबारीका खेलाडी जेर्सी नं १७ का  अरुन राईले आफ्नो रोमाञ्चक खेल प्रदशन गर्दै दोश्रो गोल गर्न सफल भएका थिए भने , त्यसैगरी खेलको ६६ र ७० औ मिनेटमा जेर्सी नं ४ सुरज उराउले लगातार दुई गोल र खेलको अतिरिक्त थप गरिएको अन्तिम ६ मिनेटमा जर्सी नं १७ का खेलाडी अरुन राई द्वारा निर्णायक गोल  १ गोल गरि  गौरादह नगरपालिका विरुद्द्को उक्त खेलमा ५-० को फराकिलो अन्तरले जित आफ्नो नाम गर्न सफल भएको थियो । उक्त खेलको म्यान अफ दि म्याच हल्दीबारीका खेलाडी जर्सी नं ४ सुरज उराउले प्राप्त गरेका थिए ।

माघ २५ गते देखि सुरु भएको उक्त खेल फाल्गुन ७ गते समाप्त हुनेछ । खेलको बिजेताले ट्रफी मेडल सहित  रु १ लाख १५००० र उपबिजेताले ट्रफी मेडल सहित रु ६१,००० प्राप्त गर्ने छ्न ।

हल्दीबारीको खेलाडी सहित हल्दीबारी वडा नं ४ का अध्यक्ष  तथा हल्दीबारी खेलकुद सम्योजक सन्त कुमार थापा मगर स्वयम्  खेल मैदानमा पुगेका थिए । आज भएको उक्त खेलको विजेताले फाल्गुन २ गते सोही मैदानमा सेमिक्वाटर फाइनल खेल्ने छ । •आशिस राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search