गोलधाप खानेपानीको २२ औँ साधरणसभा,६४ लाख ४० हजार बराबरको आयव्यय सार्वजनिक

झापा।गोलधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २२ औँ साधारण सभा आज सम्पन्न भएको छ।


खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कप्रसाद लिङदेन को अध्यक्षतामा भएको कार्यक्रममा ६ ४ लाख ४० हजार ४ सय ९ रूपैयाँ कुल आम्दानी र ४० लाख ९८ हजार ४ सय ६२ रूपैयाँ खर्च र २३ लाख ४१ हजार ९ सय ४७ रूपैयाँ बैङ्क मौज्दात भएको आय व्यय विवरण सार्वजनिक गरिएको थियो।समितिले हाल सम्म ११ सय ३० घरमा मिटर जडान गरिसकेको छ ।
कार्यक्रममा खानेपानी विस्तार गर्न बाकीँ रहेको क्षेत्रहरूमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ९५ प्रतिशत कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ भने एक घर परिवार , एक धाराको अभियान अघि बढाई सबैलाई खानेपानी पुर्याउने लक्ष्य लिएको छ भने खानेपानी कार्यालय व्यवस्थित गर्न सभाहल सहित भवन निर्माण गर्ने लक्ष्य सहितको भावी योजना अध्यक्ष लिङदेनले प्रस्तुत गरेका थिए।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष देवीवहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी,रूपा रसाइली,वडा सदस्य प्रकास कार्की सहित समाजसेवी दिलकेशर थापा, धर्मराज शिवाकोटी, निराजन दाहाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष लिङदेनले स्वच्छ खानेपानी सबैका घर घरमा पुर्याउन पालिकाले गर्नुपर्ने पहल गर्ने धारणा राखेका थिए।
कार्यक्रममा वडा अध्यक्ष देवीबहादुर थापा, समाजसेवी निराजन दाहाल, दिलकेशर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव कमल कुवँरले गरेका थिए।
हल्दीबारी गाउँपालिकाले १० हजार लिटर सम्म खानेपानी निशुल्क गरेको छ ।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search