झापा । हल्दीबारी गाउँपालिका वडा नं १ साबिक वडा नं २ मा अवस्थित श्री ॐ कारेश्वर बैधिक विधापिठ गायत्रीस्वरुपाश्रममा ७ सात दिन सम्म लाग्ने सप्ताहव्यापी श्री मदभागवत महा यज्ञपुराणको पुर्व तयारी धमाधम भईरहेको छ ।
सात दिन सम्म लाग्ने उक्त भागवत महायज्ञ पुराण २०८१ फाल्गुन ७ गते देखि १५ गते सम्म लाग्ने ॐ कारेश्वर बैधिक विधापिठका ब्याब्स्थापन समितिका अध्यक्ष धर्मराज सिवाकोटीले जानकारी दिएका छ्न ।
कुल ४० जना आवसिय विधाथी हरु सहितको उक्त विधापिठमा विधार्थी हरुको पाठशाला लाई मध्य नजर गर्दै र विधापिठको भौतिक संरचना, कक्षाकोठा ब्याबस्थापन र पुस्तकालय समेतको पुर्णताको नित्मी उक्त महायज्ञ सुरु हुन लागेको विधापिठ ब्याब्स्थापन समिती अध्यक्ष धर्मराज सिवाकोरिले बताएका छन भने उनले सम्पुर्ण धर्मनुरागी ब्याक्तित्व हरुलाई उक्त महान कार्यमा आफ्नो उपस्थिति जनाईदिन हुन अनुरोध पनि गरेकाछन । •आशिस राई