शान्ति सामुदायिक वन समुह हल्दीबारी ५ द्वारा उपभोक्तालाई विधुतिय इन्डक्सन चुलो वितरण

झापा।हल्दिबारी गाउँपालिका वडा नं ५ मा अवस्थित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहले आज एक कार्यक्रमका बिच उपभोक्ताहरुलाई सहुलियतमा विधुतीय इन्डक्सन चुलो वितरण गरेको छ।२ पटक गरेर १०० घरपरिवारलाई चुलो वितरण गरिएको हो।


समुहका अध्यक्ष उदेश मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताहरुलाई सामुदायिक विधुत उपभोक्ता महासंघसँग को सहकार्यमा उपभोक्ता संग ८ सय संकलन गरी वन समुहले ८ सय ८० रुपैयाँ र विधुत महासंघले २ हजार ७० गरेर ३ हजार ७ सय ५० मुल्य बराबरको चुलो सहुलियतमा उपलब्ध गराएको हो।
ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने बताइएको छ।

नेपाल सरकार बाट चुलो परिक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्ड का भएकाले सुरक्षित रहेको बताइएको छ।

२ हजार वाट तापशक्ति रहेको यो चुलो ले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विधुत खपत हुने बताइएको छ।

उपभोक्ताहरुको वनमा निर्भरता घटाउने र एल पि ग्यास को खपत पनि कम गराउन यो कार्यक्रम ल्याइएको अध्यक्ष मोक्तानले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search