बाह्रदशी ५ मेचे चोकका माघलाल मेचे अधुवा खोलामा मृत फेला ।
झापा । बाह्रदशी ५ मेचे चोकका ५० बर्षिय माघलाल मेछे सनिवार आज साझ ५:३० ( साढे पाँच ) बजे नजिकैको अदुवा खोलामा मृत अवस्थामा फेला परेकाछन ।
मृतक मेचे घर नजिकै रहेको अदुवा खोला तरेर बाह्रदशी ५ स्थित मुक्ती टोल स्थित पसल तिर गएका थिए ।
करिब साझको ५:३० बजेको समयमा स्थानिय हरुले उनको मृत शरीर खोलामा लडिरहेको अवस्थामा देखेपछि बाह्रदशी ५, फुलबारी स्थित प्रहरी चौकिमा सम्पर्क गरेका थिए ।
उक्त घटनाको खबर पाउन साथ फुलबारी प्रहरी चौकी बाट खटिएका प्रहरी टोलि घटनास्थलमा पुगेका थिए ।
घटनाको छानबिन गर्न र मृतकको शरिर पोस्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय बाट खटिएका प्रहरी द्वारा “शब”लाई भद्रपुर स्थित प्रादेशिक अस्पताल लगिएको छ ।