झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी बार्हदशी गाउँपालिकाको अधिबेशन पि बि कट्वालको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गर्दै सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष पि वि कटुवाल को अध्यक्षतामा भएको कार्यक्रममा
राप्रपाका केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा केन्द्रिय सदस्य रामकुमार राजवंशी, कोशी प्रदेशसभा सदस्य माननिय निमसरी राजवंशी, गोपाल गजमेर,जिल्ला सचिव कुमार थापा ,सहित पार्टीका केन्द्रीय,जिल्ला स्तरका नेता,तथा अन्य कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
अध्यक्ष पि वि कटुवाल,सचिव रामप्रसाद कडेल सहित २१ सदस्य समिति सर्वसम्मत निर्वाचित भएको हो। मुख्य ५ पद मध्ये अध्यक्ष र सचिव आच निर्वाचित भए भने अन्य पद आगामी बैठकबाट चयन गरिने कार्यतालिका रहेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले नयाँ पुराना सबै पार्टी भष्ट्राचार लगायतका विभिन्न काण्डहरुमा फसेको र फरक नाम भएका उस्तै उद्देश्य भएका पार्टी भन्दै अवको एक मात्र विकल्प राप्रपा भएकाले सबैले आ-आफ्नो ठाउँबाट संगठन मजबुत बनाउन लाग्नु पर्ने बताए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ व्यक्तिहरू राप्रपा प्रबेश गरेका थिए।