टाई ब्रेकर मार्फत पेनेल्टी सुटआउटमा इन्ट्रा पथरी मोरङ संग जलथल एफ सि पराजित ।

झापा । झापाको अर्जुनधारा ३ स्थित च्यारिटी युथ क्लब द्वारा संचालित लिम्बुनी ठुली स्मृति कप २०८१ कोशी प्रदेश क्लब स्तरिय फुटबल प्रतियोगितामा आईतबार आज इन्ट्रा पथरी मोरङ संग जलथल एफ सि बिच भएको फाइनल खेलमा जलथल एफ सि हल्दीबारीले दोस्रो स्थान हासिल गरेको छ ।

खेलको निर्धारीत समय सम्म आईपुग्दा पनि दुबै पक्षबाट सुन्यको बराबरीमा भएको उक्त खेल, टाई ब्रेकर मार्फर पेनाल्टी सुटआउटमा इन्ट्रा पथरी मोरङले खेलको पहिलो स्थान हासिल गरेको थियो । दुवै पक्ष द्वारा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पेनेल्टी सुटआउटमा पनि बराबरी रहेको थियो ।

जलथल एफ सि द्वारा अन्तिम निर्णायक गोल खेलाडी जर्सी न १७ का असिम कार्कीले गरेको गोल प्रहार पोसको माथिल्लो भागमा ठोकिएर गोल बाहिर जादा इन्ट्रा पथरि मोरङले खेलको पहिलो स्थान हासिल गरेको थियो भने , उक्त फाईनल खेलमा जलथल एफ सि ले दोश्रो स्थानमा चित्त बुझाउन परेको थियो ।

उक्त खेलमा जलथल एफ सि ले दोश्रो स्थान संगै ट्रफी मेडल र दोश्रो धनराशी रु ७७,७७७ (सतहतर हजार सात सय सतहतर) प्राप्त गरेको थियो।

आज भएको उक्त खेलमा बेस्ट गोल किपरको उपाधी जलथल एफ सि का खेलाडी २२ नं जर्सिका देवान बिस्ट्ले प्राप्त गरेका थिए त्यसै गरि द मोस्ट भ्यालुएवल प्लेयरको उपाधी पनि जलथल एफ सि का खेलाडी जर्सी नं १७ का असिम कार्की र हाई स्कोररको उपाधी पनि सोही क्लबका जर्सी नं ४ का रोशन धिमालले प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search