झापाको हल्दिबारी गाउँपालिका वडा नं २ स्थित पर्ने एक मात्र नमुना माध्यमिक विद्यालय हल्दिबारी माविका प्राविधिक धार बाली विज्ञान संकाय अन्तर्गत कक्षा १२ का विद्यार्थीहरुले प्रयोगात्मक सीप अन्तर्गत फ्रेन्च फ्राई तयार गरेका छन्।
विद्यार्थीहरुलाई सीप सिकाउने मुख्य उद्देश्यका साथ विद्यार्थीहरु आफैले विद्यालयमा फ्रेन्च फ्राई तयार गर्न सिकाइएको वाली विज्ञान संकायका कोर्डिनेटर लक्ष्मी दाहालले जानकारी दिए।
विद्यालयमा पढाइ सँगसँगै प्रयोगात्मक सिकाइलाई समेत जोड दिएको पाइन्छ।। विद्यार्थीहरु कहिले टमाटर खेती, माछा पालन, च्याउ खेती, आलु खेती, धनियाँ खेती, मौरी पालन विद्यालयमै भइरहेको प्रधानध्यापक टंक बहादुर पाख्रिन जानकारी दिएका छन।
हल्दीबारी नमुना मा वि प्राविधिक धारको अध्ययन पनि कक्षा १२ सम्म निशुल्क रहेको छ।