हल्दीबारी ३ मा च्याउ खेती तालिम सुरू

झापा। गरिब सँग विशेश्वर कार्यक्रम अन्तर्गत च्याउ खेती प्रविधि सम्बन्धी ४ दिवशिय तालिम आज बाट हल्दिबारी गाउँपालिका वडा नं ३ को शिकारीबारीमा सुरू भएको छ ।
हल्दिबारी वडा नं का ३० जना कृषकहरूको सहभागीता रहेको तालिममा सैद्धान्तिक एवंम प्रयोगात्मक अभ्यास हुने कार्यक्रम संयोजक मिना उप्रेती ले बताइन्।
यो तालिम पश्चात् कृषकहरूले संयुक्त रूपमा च्याउ खेती गर्नेछन् भने व्यक्तिगत रुपमा गर्न पनि सक्षम बनाइने छ।
गत वर्ष पनि वडा न ४ मा संचालन गरिएको यो कार्यक्रमबाट कृषकहरूले लाभ लिइरहेका छन्।

Advertisement

औपचारिक कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, वडा नं ३ का वडा अध्यक्ष विष्णु ओली, वडा सदस्यहरू कर्णबहादुर भण्डारी, अजित विष्ट लगायतको उपस्थिति रहेको थियो। तालिमको प्रशिक्षक हल्दीबारी गाउँपालिकाकी कृषि अधिकृत विपना सिलवाल रहेकी छन्।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष लिङदेनले सिेकेको सिपलाई आयआर्जनसँग जोडेर अघि बढ्न सहभागीहरूलाई आग्रह गरेका थिए। यसैगरी वडा अध्यक्ष ओलीले सानो लगानीबाट सिकिने यो सिपले सामुहिक रूपमा काम गर्न पनि सकिने साथै घरमा उपयोग गर्न पनि च्याउ खेती तालिम प्रभावकारी हुने धारणा राखेका थिए।कर्ण भण्डारीले स्वागत गरेको कार्यक्रम मिना उप्रेतीले संचालन गरेकी थिइन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search