सरस्वती आधारभूत विधालयको वार्षिकोत्सव , शिक्षक ,संचारकर्मी र अविभावक सम्मानित

झापा। हल्दिबारी गाउँपालिका वडा नं-२ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६५ औ वार्षिक उत्सब तथा अभिभावक दिवस मंगलबार (आज)सम्पन्न भएको छ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिना देवी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन विशिष्ट अतिथिहरू गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन (महेन्द्र ) ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्ल,योजना शाखा प्रमुख राजन न्यौपाने, वडा नं-२ का अध्यक्ष शुकलाल राजवंशी, शिक्षा शाखा अधिकृत जनक कुमारी राई,नेपाली कांग्रेस पार्टी प्रतिनिधि पर्शुराम बजगाई, राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णु राजवंशी ,वडाका जनप्रतिनिधिहरू रचना कुलुङ्ग राई,बिष्णु राई, गणेश मगर, अम्बिका तोलाङ्गी, पूर्ण प्र .अ . महासंघ अध्यक्ष मदन पोखरेल, हल्दिबारी माध्यमिक विद्यालय प्रधानाध्यापक टंक बहादुर पाख्रिन,नव सृजना प्रा.वि.का प्रधानाध्यापक भिम दाहाल, जनता आ. वि का प्रधानाध्यापक हेमलाल राजवंशी, नेपाल रेडक्रस सोसाईटी उपशाखा हल्दिबारी सभापति कर्णखर प्रसाई,पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष खकेन राजवंशी , शिक्षा सेबी, सहकारी कर्मी, प्रहरी, सञ्चारकर्मी र अभिभावक लगायतको उपस्थिति रहेको थियो।

वार्षिक उत्सवको अवसर पारेर विद्यालयले उत्कृष्ट शिक्षक जयलाल न्यौपाने, जेष्ठ अभिभावक चन्द्रमान राना मगर, विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष इश्वरी दाहाल, बबिता सुवेदी, निर्मला घिमिरे, सरगम पौडेल, कृष्ण मुरारी+बबिता घिमिरे, मेनुका शर्मा र संचारकर्मी देविका अधिकारी सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई मेडल वितरणगरेको थियो। त्यस्तै सास्कृतिक कार्यक्रममा विधार्थी र शिक्षिकाहरूको नृत्यले कार्यक्रम रोमान्चक भएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्‌देन, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्ल, वडा नं-२ का अध्यक्ष शुकलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालयको बार्षिक प्रतिवेदन सहायक प्रधानाध्यापक सुर्य घिमिरेले प्रस्तुत गरेका थिए। भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोरा र शिक्षिका पार्वता गौतमले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search