झापा । बाह्रदशी ५ कटरडाँगी स्थित श्री रामेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत महापुराण धनधान्यचल सप्ताह विराटज्ञान महायज्ञको उद्द्घाटन भोलि फाल्गुन ८ गते बिहिबारको दिन देखि सुरु हुने भएको छ ।
बिगतका साल हरुमा झै यस पटक पनि मन्दिरको पवित्र प्राङ्गणमा उक्त भागवत पुराण सुरु हुन लागेको उक्त मन्दिर समितीका अध्यक्ष संखर सेडाईले बताएका छन ।
फाल्गुण ८ गते विहिबार देखि उद्द्घाटन भई फाल्गुन १५ गते सप्ताहब्यापी संचालन हुने उक्त महायज्ञ पुराणमा पण्डित श्री गंगाराम रिमाल ज्युको मुखारबिन्द बाट संगितमय कथा प्रवचन तथा पण्डित श्री कमल प्रसाद खनाल ज्यु बाट विभिन्न भक्ती आरधना, पुजा पाठपारायण साथै भजन किर्तन वाधवादन र संगितको क्षेत्रमा दक्ष प्राप्त कलाकार हरुको बेजोड प्रस्तुतीले गुञ्जयमान रहने पनि उक्त मन्दिर समितीका अध्यक्ष सेडाईले जानकारी दिए ।
उक्त श्रीमद्भागवत महापुराण धनधान्यचल सप्ताह विराटज्ञान महायज्ञको भोलि ८ गते बिहिबार १० बजे कलशयात्रा हुनेछ । उक्त महायज्ञ पुराणको कथा प्रवचन तथा गतिविधि हरु झापा न्युज डटकम बाट १० गते बिहान देखि प्रत्यक्ष प्रसारण नियमित समेत हुने अध्यक्ष सेडाईले बताए ।