हल्दीबारी प्रथम वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता ,वडा नं २ र ५ बिजयी

झापा।स्व जगतबहादुर+नरमाया वन स्मृति प्रतिष्ठान हल्दीबारी ३ को आयोजनामा आजबाट सुरू भएको हल्दीबारी गाउँपालिका प्रथम वडास्तरीय फुटबल प्रतियोगितामा आज भएका खेलहरूमा वडा नं २ र ५ बिजयी बनेका छन्।
आज भएको पहिलो खेलमा वडा नं ३ लाई १ का विरूद्व ३ गोल गर्दै वडा नं ५ बिजयी बनेको हो।


वडा नं ५ का जर्सी नं ४ का खेलाडी जलन खवासले २ गोल गरेका थिए भने १ गोल जर्सी नं ७’का खेलाडी राम लिम्बुले गोल गरेका थिए भने ३ नं का तर्फबाट सान्तवना गोल हेमन्त पराजुलीले फर्काएका थिए।
खेलको म्यान अफ दि म्याच वडा नं ५ का जलन खवास घोषित भएका थिए।
यसैगरी आजै भएको दोस्रो खेलमा हल्दीबारी वडा नं ४ र वडा नं २ बिच प्रतिस्पर्धा भएको थियो।
एकदमै रोमाञ्चक बनेको खेलमा वडा नं २ ले पेनाल्टीसुट मार्फत हिरन राजवंशीले गोल गर्दै टिमलाई बिजयी बनाएका थिए।खेलको म्यान अफ द म्याच वडा नं २ का गोलकिपर समिर लिम्बु घोषित भए।

प्रतिष्ठानका संस्थापक संरक्षक डम्बर वनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।उदघाटन कार्यक्रममा विशेष अतिथि झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, झापाका प्रहरी प्रमुख एसपी मिलन केसी, सशस्त्र प्रहरी प्रमुख एसपी तुलाराम भण्डारी, हल्दिबारी गाउँपालिका उप प्रमुख लक्ष्मी देवी मैनाली लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ३ का वडा अध्यक्ष विष्णु ओली र वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा सहित कार्यपालिका सदस्यहरू, सम्पूर्ण जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरू,शिक्षक, विधार्थी लगायत सयौंको उपस्थिति रहेको थियो।
भोलि सम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद १५ हजार सहित मेडल र ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेता हुने टिमले नगद १० सहित मेडल र ट्रफि प्राप्त गर्ने आयोजक एवंम हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान ब वन (महेन्द्र) ले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search